काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन: ओरालो लागेको छ । अघिल्लो दिन १५ दशमलव ६४ अंकले खुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि छ दशमलव ५५ अंकले ओरालो लागेर २७ सय १९ दशमलव ७७ बिन्दुमा खुम्चिन पुगेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ११ अंकले ओरालो लागेर चार सय ६९ दशमलव ८३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६९ हजार २४ पटकको कारोबारमा एक करोड २७ लाख एक हजार ९७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्र्ब १४ करोड ४३ लाख २२ हजार दुई सय ५८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक क्रमशः शुन्य दशमलव शुन्य दुई र २३ दशमलव ४६ अंकले उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।