काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले यहाँ शुक्रबार आयोजित दिगो विकासका लागि अन्तरविषयक अध्ययन विषयक अन्तरराष्ट्रिय गोष्ठिमा बोल्दै दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
पूर्वराष्ट्रपति डा. यादवले समाजकल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न आग्रह गरे ।
कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीको सहभागिता रहेको थियो । सहभागीबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीबारे छलफल भएको थियो ।