काठमाडौं । बुंगल हाइड्रो लिमिटेडको साधारण सेयर (आईपीओ)को बिक्री खुला भएको छ । कम्पनीले सोमबारबाट आम सर्वसाधारणका लागि एक सय रुपैैयाँ अंकित मूल्य कायम रहने गरी १७ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको १७ लाख एक हजार पाँच सय कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ ।