काठमाडौं । नेप्से सुचक तथा कारोबार रकम दुबैमा गिरावट आएको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार शेयर बजार परिसुचक नेप्से ११ दशमलव ५२ अंकले ओरालो लागेर २७ सय आठ दशमलव २५ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३२ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ५१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३४ वटा कम्पनीहरुको ५८ हजार ८७ पटकको कारोबारमा एक करोड ११ लाख २४ हजार आठ सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कुल कारोबार रकम चार अर्ब ४० करोड २७ लाख ६७ हजार दुई सय ७१ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । आज फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लाग्दा बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।