काठमाडौं । शेयर बजार घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन ११ दशमलव ५२ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ३५ दशमलव ९९ अंकले ओरालो लागेर २६ सय ७२ दशमलव २५ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २१ अंकले ओरालो लागेर चार सय ६२ दशमलव २९ बिन्दुमा खुम्चिएको छ । आज तीन सय २० वटा कम्पनीहरुको ५९ हजार सात सय चार पटकको कारोबारमा एक करोड १७ लाख १४ हजार पाँच सय ४३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल रकम पाँच अर्ब २३ करोड ३७ लाख ६६ हजार छ सय ९८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार राताम्मै भएको छ ।