काठमाडौं । जेनजी आन्दोलनले राजधानीमा थप उग्ररुप लिएको छ । सिंहदरबार वरपर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले सोमबार सुरक्षाका लागि पुगेको नेपाली सेनाको गाडीलाई राष्ट्रिय झण्डासहित स्वागत गरेका छन्। सिंहदरबार क्षेत्र वरपर भेला भएका प्रदर्शनकारीहरूले सेनाको आगमनलाई समर्थन जनाउँदै गाडीमा नेपालको राष्ट्रिय झण्डा टाँसेर स्वागत गरेका हुन्। आन्दोलनकारीहरूका अनुसार उनीहरूले सेनाप्रति विश्वास व्यक्त गर्दै सुरक्षाका क्रममा निष्पक्ष भूमिका खेल्न आग्रह गरेका छन्।यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतदेखि पार्टीका शीर्ष नेताहरूका घर र कार्यालयसम्म प्रदर्शनकारीहरूले निरन्तर तोडफोड र आगजनी गरेका थिए। राजधानीको विभिन्न क्षेत्र तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीहरू उच्च सतर्कतामा छन्। सरकारले आन्दोलन नियन्त्रणका लागि सुरक्षा निकायहरूलाई कडा कदम चाल्न निर्देशन दिएको भए पनि प्रदर्शनकारीहरू आक्रोशित छन्।