काठमाडौं । स्वेडा इक्विटी फन्ड लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही भदौ २८ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभा कम्पनीको कार्यालय, लाजिम्पाट–२, काठमाडौंमा बेलुका ५ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१–८२को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरू पनि सभामा पेस हुनेछन् ।
स्वेडा इक्विटीले गत वर्ष ७६ लाख ३० लाख रुपैयाँ नाफा कमाएको छ । फन्डको जगेडामा १३ लाख रुपैयाँ छ । चुक्ता पुँजी १० करोड छ । स्वेडा इक्विटीले नेपाल इम्प्याक्ट फन्ड–१ सञ्चालन गरेको छ । फन्डको साइज दुई अर्ब रुपैयाँ बराबर रहेको छ ।