काठमाडौं । साताको बाँकी दिनहरूमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड बन्द रहने भएको छ । नेप्सेले सार्वजनिक सुचना जारी गर्दै बुधबार र बिहीबार सेयर बजार बन्द रहने जानकारी दिएको हो ।
विषम परिस्थितिका कारण धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार बुधबार र बिहीबार बजार बन्द गराइएको नेप्सेले जानकारी दिएको छ । ‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ । नेप्सेका अनुसार परिस्थिति सामान्य भएमा आगामी आइतबारदेखि मात्रै नेप्से खुल्नेछ ।