काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्ने गरी समाधानको खोजी भइरहेको बताएका छन्।बिहीबार एक अपिलपत्र जारी गर्दै उनले मुलुकमा शान्ति–सुव्यवस्था कायम राख्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।राष्ट्रपतिले नागरिकका मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्दै साझा समाधान निकाल्ने प्रयास जारी रहेको स्पष्ट पारेका छन्।