काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको पाँच लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर जोसुकै व्यक्ति तथा कम्पनीले खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यसअघि भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक सेयरधनीहरूका लागि १५ दिने सूचना जारी गर्दै बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या खुलाई कम्पनीको रजिस्टर्ड कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको सात दिनभित्र काठमाडौंको टंगालमा रहेको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीको भनाइ छ ।