काठमाडौ । डेल्टा अटोकर्प प्रालिका लागि भेस्पा स्कुटरको अधिकारिक विक्रेताले भेस्पाका नयाँ वीएस–भीआई ओवीडी–आईआई स्टेज बी इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिकरूपमा सार्वजनिक गरेको छ ।
नयाँ लाइनअप वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ । नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश छन् । भेस्पा जेडएक्स १२५ मात्रै तीन लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुनेछ, जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ । पर्ल ह्वाइट, रेड ड्रागन, नेरो ब्ल्याक र अज्जुरो प्रोवेन्जाजस्ता रंगमा यसलाई प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । भेस्पा १२५ को मूल्य तीन लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ । यो ग्लोसी ग्रिन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइ रंगमा उपलब्ध हुनेछ । त्यस्तै, भेस्पा एस १२५ को मूल्य चार लाख नौ हजार रुपैयाँ तोकिएको छ । स्पोर्टी र स्टाइलिस लुक दिने यो स्कुटर पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रिन, जियालो येलो, ग्लोसी ओरेज रंगमा पाइनेछ ।
इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा, विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित छ । नयाँ पुस्ताको भेस्पाले यी विशेषताहरूलाई अब पर्यावरणमैत्री र उन्नत इन्धन कार्यक्षमतासँग समेट्दै, जिम्मेवार र स्टाइलिस रोजाइको नयाँ उदाहरण प्रस्तुत गरेको छ । डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भेस्पा देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदाबहार आकर्षणको प्रतीक भएको बताए । नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्रान्डका रूपमा अझ मजबुतरूपमा स्थापित गर्ने कम्पनीको उद्देश्य रहेको उनले बताए ।
नवीन मोडेलहरूको यस लन्चमार्फत् भेस्पाले इटालियन सौन्दर्य, अत्याधुनिक प्रविधि र लक्जरी अनुभवको अद्वितीय संयोजन प्रस्तुत गर्दै नयाँ पुस्ताका राइडरहरूलाई आकर्षित गर्ने आफ्नो यात्रालाई थप अगाडि बढाएको छ । इटालियन डिजाइन, अत्याधुनिक प्रविधि र लक्जरी मोबिलिटी अनुभवको मिश्रणका साथ नयाँ भेस्पा स्कुटरहरू अब नेपालभर उपलब्ध हुनेछ ।