काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले गत आर्थिक वर्षमा छ करोड ९४ लाख आठ हजार तीन सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकले तीन करोड ८६ लाख ६१ हजार दुई सय ४७ रुपैयाँ मात्र खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार पाँच सय रुपैयाँ रहेको बैंकले आव २०८१/०८२मा छ अर्ब ३७ करोड ६४ लाख ५१ हजार एक सय २७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७३ करोड ५० लाख २० हजार ६४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड १० लाख ४२ हजार नौ सय ४८ रुपैयाँ रहेको बैंकमा तीन दशमलव ३३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले चार अर्ब ९७ करोड १७ लाख ३४ हजार दुई सय ५६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ५८ लाख ६१ हजार ४७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड १६ लाख १२ हजार नौ सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।