काठमाडौं । एभरेस्ट बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले आगामी कात्तिक १२ गते आफ्नो ३१औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण एवम् लाभांश वितरणलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।