काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले एक लाख ४२ हजार तीन सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार यो सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागिएको हो ।
कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम दुई सय तीन रुपैयाँ निर्धारण गरेको छ । सेयर किन्न इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नुपर्नेछ अर्थात् कम्तीमा पनि दुई करोड ८८ लाख ८६ हजार नौ सय रुपैयाँ लाग्नेछ । कम्पनीका अनुसार सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्थालगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन् । यो बोलपत्र असोज १९ गतेदेखि असोज २२ गतेभित्र पेश गरिसक्नुपर्ने कम्पनीको भनाइ छ ।