काठमाडौँ । सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा मंगलबार एक तोला सुन दुई हजार ३०० ले महँगो भएको हो।
सोमबार दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल मंगलबार दुई हजार ३०० ले बढेर दुई लाख ३५ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो। आज एक औँस सुन अन्तरराष्ट्रिय बजारमा तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।