काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यो समझदारीसँगै यस बैंकका ग्राहकहरूले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा ओपीडी, सर्जरी, ब्रान्डेड अप्टिकल, नन ब्रान्डेड अप्टिकल सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् । यो सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो. बैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।