काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल यही कात्तिक २ गतेदेखि ६ गतेसम्म हुने अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुन शुक्रबार जेनेभा प्रस्थान गरेका छन् ।
राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) टोलीमा सहभागी छन् । स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा सहभागी हुनेछन । उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।