काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से १६ दशमलव ६७ अंकले उकालो लागेर २५ सय तीन दशमलव ८५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३१ अंकले उकालो लागेर चार सय ३७ दशमलव ६० बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीहरुको २८ हजार सात सय ३७ पटकको कारोबारमा ६१ लाख ९९ हजार नौं सय २९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार नौं सय नौं रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, निर्जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, फाईनान्स, जीवन बीमा, जलबिद्युत सहितका १० वटा उपसमुहको सुचक बढेका छन् ।