काठमाडौँ : नेपाली सेनाले जेनजी आन्दोलनपछिको घटनाक्रमका सन्दर्भमा तीन जना उच्च सैनिक अधिकारीमाथि छानबिन सुरु गरेको छ। सैनिक मुख्यालयका एक अधिकारीका अनुसार सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) गणेश खड्कासहित तीन उच्च सैनिक अधिकारीलाई छानबिनको दायरामा ल्याएको हो। प्रचण्ड, माधन नेपाल, प्रधानन्यायाधिश प्रकाशमान सिंह राउतलाई जोगाएर सिंहदरबार, सर्वोच्च अदालत जल्न दिएको भन्दै सैनिक प्रहरीले गणपती खड्का सहित छानबिन गरिएका अन्य दुई अधिकारीहरूमा भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी ब्यारेकका शिव भडेल छन्। उनीहरूमाथि गत असोज ३१ गते छानबिन प्रक्रिया सुरु भएको हो। तीनै सैनिक अधिकारीलाई छानबिन प्रक्रियामा राखेर हेडक्वार्टर तानिएको हो। उच्च सैनिक अधिकारीले देशसञ्चारसँग भने- ‘उहाँहरूलाई छानबिनको सन्दर्भमा हेडक्वार्टर तानिएको छ।’