काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले झण्डै ११ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्षमा १० करोड ८० लाख ६८ हजार पाँच सय २२ रुपैयाँ खुद मुनाफा कमाएको हो । अघिल्लो आवमा भने संस्थाले सात करोड ९२ लाख १७ हजार छ सय १५ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
संस्थाको चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार तीन सय पाँच रुपैयाँ रहेको छ । संस्थाले गत आवमा एक अर्ब ६४ करोड ५९ लाख ३३ हजार चार सय ८७ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८४ करोड ७४ लाख २९ हजार एक सय ४३ रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा ३८ करोड १० लाख १५ हजार एक सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
संस्थाले अघिल्लो आवमा भने एक अर्ब ३७ करोड ३९ लाख ८९ हजार पाँच सय ५३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८९ करोड ७१ लाख १२ हजार तीन सय ६१ रुपैयाँ कर्जा लगानी गरेको थियो । उक्त अवधिमा २५ करोड ३५ लाख १७ हजार छ सय ६७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।