काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले सार्वजनिक सूचना जारी गर्दै डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले सूचनामार्फत क्यूआर कोर्ड स्क्यान गर्दा सतर्क रहनुपर्ने भन्दै पैसा पठाउन क्यूआर कोर्ड स्क्यान गर्नुपर्ने तर पैसा प्राप्त गर्न क्युआर कोर्ड स्क्यान गर्नु नपर्ने प्रस्ट पारेको छ । राष्ट्र बैंकले पैसा प्राप्त गर्न भुक्तानी गरिदिने व्यक्तिलाई आफ्नो क्यूआर कोर्ड दिनुपर्ने बताएको छ । राष्ट्र बैंकले कसैले क्युआर कोर्ड पठाएर पैसा पठाउँदैछु भनेर प्रलोभन देखाएकै आधारमा त्यस्तो कार्य नगर्न पनि सर्वसाधारणमा आग्रह गरेको छ ।