काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २५ लाख ९५ हजार एक सय २७ रुपैयाँ खुद मुनफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड २४ लाख ६८ हजार तीन सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा ८६ करोड ३९ लाख १९ हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २३ करोड ४६ लाख २१ हजार एक सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ४६ लाख दुई सय ६७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर सात दशमलव ५२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८५ करोड ६४ लाख २९ हजार सात सय ८४ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २० करोड ३४ लाख २४ हजार नौ सय ६७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ९४ लाख १७ हजार तीन सय ३५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ३४ प्रतिशत रहेको थियो ।