काठमाडौं । नेपाल राष्ट्र बैंकमा झण्डै एक दर्जन कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले यही कात्तिक १७ गते अर्थात् सोमबारदेखि नै कार्यान्वयनमा आउने गरी ११ जना कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय शाखामा रहेका रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभाग फर्किएका छन् । मानव संसाधन विभाग विश्रुत थापा वित्तीय संस्था नियमन विभाग पुगेका छन् । मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मा गभर्नर कार्यालयमा आएका छन् । बैंक तथा वित्तिय संस्था नियमन विभागका गुरुप्रसाद पौडेल मानव संसाधन विभाग आएका छन् । भुक्तानी प्रणाली विभागका किरण पण्डित विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
वित्तीय संस्था सुपरीवेक्षण विभागका सत्येन्द्र तिमिल्सिना भुक्तानी प्रणाली विभाग पुगेका छन् । सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका रोशनकुमार सिग्देल बैंकिङ विभाग पुगेका छन् । बैंकिङ विभागका डा.डिल्लीराम पोख्रेल मौद्रिक व्यवस्थापन विभागमा पुगेका छन् ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका अनुज दाहाल मुद्रा व्यवस्थापन विभागमा पुगेका छन् । गभर्नर कार्यालयका राजन विक्रम थापा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएका छन् ।