काठमाडौँ । हात्तीवनस्थित संयोजक दाहालको निवासमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उक्त भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमो छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिए ।