काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) को विकासलाई तीव्र बनाउँदै एक सय ४० भन्दा बढी चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ । बढ्दै गएका ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवद्र्धन गर्ने क्रममा यो उपलब्धिलाई उल्लेखनीय मानिएको छ ।
कम्पनीले यस वर्षको अन्त्यसम्म थप एक सयभन्दा बढी सीसीएस२ फास्टचार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ, जसले ईभी धनीहरूका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन् सहज बनाउने छ । चार्जिङ नेटवर्कले देशका प्रमुख सहरी केन्द्र, क्षेत्रीय सहरहरू र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको छ, यसले ईभी प्रयोगकर्ताको यात्रा झन्झट मुक्त र निश्चिन्त बनाउँछ । चार्जिङ स्टेसनहरूमा धेरै ब्रान्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट सीसीएस२ चार्जरहरू छन् । यी स्टेसनहरू पूर्व–पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्रजस्ता रणनीतिक स्थानमा राखिएका छन्, यसले २४/७ पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छन् । सुविधालाई ध्यानमा राखेर प्रत्येक स्टेसनलाई केन्द्रीय नियन्त्रण प्रणालीसँग जोडिएको छ, जसले वास्तविक समयमा निगरानी र ग्राहक सहायता उपलब्ध गराउँछ । ग्राहकहरूले एमएडब्लू स्पिड चार्जर एप प्रयोग गरेर नजिकको चार्जिङस्टेसन सजिलै पत्ता लगाउन सक्छन् ।
एमएडब्लू वृद्धिको बढ्दो चार्जिङ नेटवर्कले ईभी चालकलाई रेन्ज आत्मविश्वास बढाउँछ । व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ता बीच ईभीको स्वीकार्यता बढाउन सहयोग गर्ने कम्पनीले जनाएको छ । यो पूर्वाधारले नेपालकै सबैभन्दा ठूलो र भरपर्दो ईभी चार्जिङ नेटवर्क निर्माण गर्ने कम्पनीको दीर्घकालीन दृष्टिकोणलाई प्रष्ट पारेको छ । एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदी भन्छन्, ‘हामी देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिङ स्टेसनहरूमार्फत् नेपालको ईभी विकासमा योगदान दिन पाउँदा गर्व गर्छौं । हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो ।’
भरपर्दो ईभी चार्जिङ पूर्वाधारमा लगानी गरेर एमएडब्लू वृद्धिले इको–फ्रेन्डली मोबिलिटीलाई सशक्त बनाउँदै नेपाललाई ग्रिन र स्मार्ट भविष्यतर्फ अघि बढाइरहेको जनाएको छ ।