विज्ञान र प्रविधिको माध्यमबाट आज विश्वमा टाढा–टाढा छरिएर रहेका राज्यहरू पनि नजिक हुन पुगेका छन् । सूचनाको माध्यम रेडियो, टीभी, पत्रपत्रिका टेलिफोन, फ्याक्स आदिबाट हामी कोठामै बसेर संसारका गतिविधि अवगत गर्न सक्छौँ । मोटर, हवाईजहाज आदिबाट हामी एक ठाउँबाट अर्को ठाउँमा छोटो समयमा पुग्न सक्दछौँ । विभिन्न किसिमका सूचना माध्यमबाट हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिसित सम्बन्धित रहेका छौँ । सूचना भन्नाले भाषा, हाउभाउ, इसारा, चित्रज्ञान, तथ्यांक, रङ्ग, नक्सा र क्रियाकलाप आदि विभिन्न माध्यमबाट दुई व्यक्ति वा समूहबीच गरिने सूचना र जानकारीलाई जनाउँछ । लेखक, हेराइ स्पर्श, संकेत चार्ट र डायग्राम आदिबाट पनि सूचनाको प्रवाह हुने गर्दछ । बुझाउन खोज्नेले राम्ररी बुझाउनु र बुझ्नुपर्नेले बुझ्नुमा सूचनाको धारणा अडेको छ । सञ्चार एक व्यक्तिबाट अर्को व्यक्तिमा सूचना तथा ज्ञान पु¥याउने प्रक्रिया हो ।
निमन/सुमरको भनाइमा सूचना ‘दुई वा दुईभन्दा बढी व्यक्तिहरूद्वारा तथ्य विचार, धारणाको विनिमय हो ।’ सूचना केवल मानिसहरूको बीचमा विचारहरूको आदान प्रदान नै हो । यदि एकजनाले आफ्नो कुरा बुझ्ने गरी अर्कोलाई भन्छ भने त्यो क्रिया नै सूचना हो । सूचना तबसम्म सार्थक हुँदैन जबसम्म यसले सूचित गर्दैन । सूचना एक प्रकासकीय प्रक्रियाद्वारा अर्थहरू धारण गरिन्छन् र एक जानकारीमा पुगिन्छ । राष्ट्रको चौथो अंगको रूपमा रहने सञ्चार क्षेत्रलाई सबैले संवेदनशील क्षेत्रको रूपमा स्वीकार गरेका छन् ।
सूचना भन्नाले विचार जानकारी, दृष्टिकोण, सोचाइ, भावना आदिको आदान प्रदान गर्ने एक प्रक्रिया हो । सूचना प्रक्रियामा दुई पक्षहरूको बीचमा जानकारी आदान प्रदान हुन्छ । सूचनाको उद्देश्य त्यसबेला मात्र सफल भएको मानिन्छ जब प्रेषकले जस्तो किसिमको अर्थ लगाएर सन्देश पठाएको छ । प्रापकले पनि त्यस्तै अर्थ लगाएर बुझ्न सकोस् । सन्देशको अर्थ दुवै पक्षहरूमा समान हुनुका साथै प्रेपकले जुन उद्देश्य पूरा गर्न सन्देश पठाएको छ प्राप्त गर्नेले पनि त्यसै उद्देश्यअनुसारको कार्य गर्न खोजेको हुनुपर्दछ । सूचनामा तीनवटा तत्वहरू समावेश भएका हुन्छन्, ती हुन् स्रोत, सन्देश र प्रापक सूचना प्रक्रिया पूरा हुनका लागि यी तीन तत्वहरूको उपस्थिति हुनु आवश्यक छ ।
सामान्यतया सूचना प्रविधि भन्नाले कम्प्युटर, सूक्ष्म, विद्युतीय यन्त्र दूरसञ्चारको एकीकृत प्रविधिलाई बुझाउँछ । सन् १९०६को दशकपछि निकै गति लिन सफल माइक्रोचीव र माइकको प्रोसेसरको विकासस्वरूप कम्प्युटरको चलनले गति लिएपछि सूचना प्रविधिले पनि बिस्तारै आफ्नो बाटो बनाउन सुरु गरेको हो । सूचना प्रविधिको अर्थ गतिमा मात्र सीमित भने छैन । साधारणतया कहिलेकाही सूचना प्रविधिको समग्र स्वरूपलाई समेट्न सक्दैन । बहुसञ्चार ओभरहेड प्रोजेक्टर स्क्यानर डिम्लेक्ग सिप्टग, नेटवर्किङ कम्प्युटर व्बथकमतयअज इत्यादि डिजिटल इलेक्ट्रोनिक साधनयुक्त प्रविधिलाई एकीकृत रूपमा उपयोग गर्ने प्रमुख माध्यमको रूपमा कम्प्युटर रहेको हुन्छ । हामी सूचना प्रविधि भन्न सक्छौँ । यसको प्रमुख कारण भनेको त्यसले कुनै तथ्ययुक्त सूचना वा तथ्यांकको भण्डार र प्रसारण गर्न सक्षम पनि हुनुपर्छ । प्रविधि मात्र जडित भएर यसको उद्देश्य पूरा हुँदैन । सञ्चार वा सूचना प्रणाली हुनको लागि तीन महत्वपूर्ण तत्व हुन जरुरी छः– (क) सूचना प्रसारक (ख) सूचना प्राप्तकर्ता (ग) सूचना उल्लेखित तीन तत्वमध्ये कुनै एकको अनुपस्थितिमा सञ्चार प्रणाली स्थापित हुन सक्दैन ।
सूचना प्रविधिमा भएको तीव्र विकाससँगै सामाजिक अन्तरक्रिया, सार्वजनिक सेवा एवं सूचना प्रवाहमा आमूल परिवर्तन भइरहेको छ । सुरक्षित सूचना प्रविधिको प्रयोगबाट पारदर्शी एवम् प्रभावकारी सार्वजनिक सेवा व्यवस्थापनको अपेक्षा गरिएको छ । सूचना प्रविधिको निरन्तर विकास, बढ्दो प्रयोग एवम् गतिशीलतासँगै सूचना प्रविधि प्रणालीमाथिको अनधिकृत पहुँचको समस्या दिनानुदिन बढ्दै गइरहेको छ । राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा जनताका दैनिक क्रियाकलापहरू सूचना प्रविधिमा निर्भर हुँदै गइरहेको अवस्थामा सूचना प्रविधि प्रणालीलाई थप भरपर्दो र सुरक्षित बनाई यसको प्रयोगमार्फत हुने सेवा प्रवाहमाथि जनताको विश्वास बढाउन आवश्यक देखिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइबर आक्रमणको प्रतिरक्षा सुनिश्चित गर्नुपर्ने भएको छ । नागरिक अधिकारका विश्वव्यापी मान्यता, नेपालको संविधान प्रदत्त मौलिक हकप्रतिको प्रतिबद्धतासमेतलाई कार्यान्वयन गर्न राष्ट्रिय साइबर सुरक्षा नीति आवश्यक छ । यस सन्दर्भमा सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुन सक्ने आक्रमणहरूबाट सुरक्षित रहन साइबर सुरक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरिएको छ ।
नेपालमा पहिलो पटक विसं २०२८ सालको राष्ट्रिय जनगणनाको तथ्यांक प्रशोधनका क्रममा कम्प्युटर प्रविधिको प्रयोग भएको हो । २०३१ सालमा कम्प्युटरसँग सम्बन्धित पहिलो संस्था सेन्टर फर इलेक्ट्रोनिक डाटा प्रोसेसिङको स्थापना भयो जसको नाम पछि परिवर्तन भएर राष्ट्रिय कम्प्युटर केन्द्र भएको हो । राष्ट्रिय सञ्चार नीति, २०४९; दूरसञ्चार ऐन, क्षेत्र २०५३ र दूरसञ्चार नियमावली, २०५४ लागू भएपछि मुलुकमा दूरसञ्चार खुला एवं प्रतिस्पर्धी युगमा प्रवेश गरेको हो । विसं २०५७ सालमा लागू भएको सूचना प्रविधि नीतिले सूचना प्रविधिलाई देश विकासको बृहत्तर लक्ष्य हासिल गर्ने औजारको रूपमा स्थापित गर्ने अवधारणा अघि सारेको थियो । त्यसैगरी, सूचना प्रविधिको उपयोगबाट सामाजिक एवम् आर्थिक विकासका लक्ष्यहरू हासिल गर्दै गरिबी न्यूनीकरण गर्ने लक्ष्यका साथ सूचना प्रविधि नीति, २०६७ जारी गरियो । उक्त नीतिमा सूचना प्रविधिको प्रयोगमा सूचनाको सुरक्षा एवं तथ्यांकको गोपनीयतालाई सुदृढ गरिने विषयलाई जोड दिइएको थियो ।
सूचना तथा सञ्चार प्रविधि नीति, २०७२मा सूचना प्रविधिको प्रयोगमा सुरक्षा एवं विश्वासको प्रत्याभूति गरिने, साइबर अपराधको रोकथाम तथा अभियोजन प्रणालीको विकास गरिने, साइबर आक्रमण पहिचान, रोकथाम, प्रतिरक्षालगायतका आयामहरूलाई सम्बोधन गर्ने कुरामा जोड दिइएको छ । आवधिक योजनाहरूमा समेत साइबर सुरक्षाका विषयलाई जोड दिइएको छ । सार्वजनिक तथा निजी क्षेत्रसमेतबाट साइबर सुरक्षाका क्षेत्रमा केही कार्यहरू भइरहेका छन् ।
विकासका संवाहक एवं उत्प्रेरकको रुपमा रहेको भनी सञ्चार र सूचना प्रविधिको क्षेत्रलाई परिभाषित गरिएको छ । यसले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैले धान्न सक्ने गरी इन्टरनेटको पहुँचमा उल्लेख्य वृद्धि गर्ने उल्लेख गरेको छ । आधारपत्रले दूर सञ्चार सेवामा नागरिकहरूको पहुँच पुग्न नसक्नु सूचना प्रविधिको विकास र साइबर सुरक्षाका लागि पर्याप्त संरचनागत व्यवस्थाको कमी हुनु, सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको न्यून उपयोग हुनु, सूचना प्रविधि उद्योग व्यवस्थित नहुनुलाई प्रमुख समस्याका रुपमा उठाएको छ ।
आधारपत्रले यो क्षेत्रको अवसरहरूलाई पनि सूचीकृत गरेको छ । संविधानले सूचनाको हकको प्रत्याभूति गर्नु, डिजिटल नेपालको अवधारणाले महत्व पाउनु, शिक्षाको पाठ्यक्रमहरूलाई प्रविधिमैत्री बनाउन, प्रविधिको महत्वलाई आत्मसात् गर्नुलाई अवसरका रुपमा लिएको छ । त्यस्तै, थुप्रै निजी क्षेत्रहरूको लगानी वृद्धि हुनु, रोजगारका अवसर सिर्जना हुनु मोबाइल प्रयोगकर्ता वृद्धि हुनु, सूचना प्रविधिहरू विषयको स्कुलदेखि उच्च शिक्षासम्म अध्ययन अध्यापन हुनु, आमसञ्चारको क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै जानु पनि अवसरहरू हुन् । आगामी पाँच वर्षभित्र दुई लाख व्यक्तिलाई रोजगारीको अवसर हुने आकलन पनि आधारपत्रमा छ । तर चुनौतीलाई चिर्दै जान र अवसरलाई यथार्थमा बदल्न त्यति सहज भने छैन । त्यसका लागि भने विशेष खालका रणनीतिहरू र कदमहरू चाल्नुपर्ने हुन्छ ।
आर्थिक सर्वेक्षण २०८१/८२ मा उल्लेख गरिएअनुसार सञ्चार तथा सूचना प्रविधि विकासअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सेवा स्थानीय तहका छ हजार पाँच सय ५६६ वडा केन्द्रमा विस्तार भएको छ। इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ। डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ। ब्रोडब्याण्ड इन्टरनेट सेवा स्थानीय तहका ६,५६६ वडा केन्द्रमा विस्तार भएको छ। आर्थिक वर्ष २०८०/८१मा ११६ निकाय एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा आबद्ध भई ७७ निकायले सो प्रणालीमार्फत कार्य प्रारम्भ गरेका छन् । २०८१ फागुनसम्म दैनिक सात सय ७२, अर्धसाप्ताहिक ३८ साप्ताहिक दुई हजार नौ सय ९३ र अन्य चार हजार दुई सय ३१ गरी आठ हजार ३४ पत्रपत्रिका दर्ता भएका छन् । २०८१ असारसम्म दैनिक सात सय ६६ अर्धसाप्ताहिक ४०, साप्ताहिक दुई हजार नौ सय ८७ र अन्य चार हजार दुई सय १७ गरी आठ हजार १० पत्रपत्रिका दर्ता भएका थिए। वैदेशिक डाँक ढुवानी कार्य ७१ देशमा विस्तार भएको छ। २०८१ फागुनसम्म द्रुत डाँक सेवा ४५ जिल्लामा विस्तार भएको छ भने साधारण हुलाक सेवा ७७ जिल्लाका सबै पालिकामा विस्तार भएको छ । २०८१ फागुनसम्म अन्तर्राष्ट्रिय हवाई द्रुत डाँक सेवा ३९ देशमा विस्तार भएको छ । रेडियो नेपालको प्रसारण क्षमता विस्तारको लागि चालू आर्थिक वर्षको फागुनसम्म बाजुराको कालाजाग्राममा रिले एफएम स्थापना भएसँगै रिले एफएम केन्द्रको संख्या ३५ पुगेको छ। राज्यले अवलम्बन गरेको समावेशी नीतिअनुरूप रेडियो नेपालवाट विभिन्न २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रम प्रसारण हुँदै आएका छन् ।
वर्तमान सोह्रौँ योजना (आर्थिक वर्ष २०८१/८२—२०८५/८६)मा विद्युतीय अपराधअन्तर्गत सञ्चार तथा सूचना प्रविधिको विकास कार्यक्रमअन्तर्गत सुरक्षित र उत्थानशील साइवरस्पेशको निर्माण गर्नेः सूचना प्रविधिका पूर्वाधारहरूको स्तरोन्नति सुदृढीकरण तथा विद्युतीय तथ्यांकको सुरक्षालाई सुनिश्चित गर्ने, सुरक्षित र उत्थानशील साइबर स्पेसको निर्माण तथा डाटा संरक्षणसम्बन्धी आवश्यक कानुन, डाटाको संकलन भण्डारण, सुरक्षण र प्रयोगलाई प्रभावकारी बनाउने, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन तेथा आउट सोर्सिङ व्यवसायलाई सहजीकरण गर्न आवश्यक नीतिगत, संरचनागत र संस्थागत प्रबन्ध गर्ने । सञ्चार तथा सूचना प्रविधिः भरपर्दो, सुरक्षित, दिगो एबम् पहुँचयोग्य आधुनिक सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र उपयोगको लागि डिजिटल इकोसिस्टम निर्माण गर्नुः सूचना प्रविधि प्रणालीबीचमा अन्तरआबद्धता कायम गर्नु, सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको बहुउपयोग अभिवृद्धि गर्नु, सुरक्षित र उत्थानशील साइबर स्पेशको निर्माण गर्नु, दूरसञ्चार पूर्वाधारको विकास गर्ने । (अधिवक्ता तथा अर्थशास्त्री भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त) सह–प्राध्यापक हुन्)