काठमाडौं । नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाइन दराजबीच भुक्तानी सेवा सम्झौता भएको छ । बैंक र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
२०८२ साल कात्तिक २५ (२०२५ नोभेम्बर ११) गतेदेखि २०८२ साल मंसिर ६ (२०२५ नोभेम्बर २२) सम्म लागू हुने उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस रिशव थापाले हस्ताक्षर गरेका छन् । बैंकले निरन्तर नविनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागि आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकहरूले दराजमार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रीम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार पाँच सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रीम भुक्तानीमा अधिकतम २० प्रतिशत वा दुई हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले उक्त कार्डमा बैंकको कुनै पनि शाखामार्फत इ–कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र डेबिल कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।