पाकिस्तान । पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचका (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ । रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ ।
एक्युआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित सहरका रूपमा उभिएको छ भने गुजरानवाला ५७० कण पदार्थको स्तरका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै लाहोरको एक्युआई ३९६ र मुल्तानको २५७ दर्ता भएको जनाइएको छ । गत वर्ष जाडो सुरु भएपछि पञ्जाबले लगातार वायु प्रदूषण र घना धुवाँको समस्या झेल्दै आएको थियो । धुवाँ नियन्त्रणका लागि अधिकारीहरूले निरन्तर प्रयास गरे तापनि हावाको गुणस्तर खतरनाक स्तरसम्म झर्दै गम्भीर जनस्वास्थ्य चुनौती सिर्जना भएको समाचारमा उल्लेख छ ।