दमौली (तनहुँ) । देवघाटधाममा पितृउद्धारको कामना गर्दै शतबीज छर्नेको घुइँचो लागेको छ । पितृका नाममा मङ्गलबार राति बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् ।
शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए । देवघाटधाममा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छतबीज छर्न आएका हुन् ।
मङ्सिर कृष्ण चतुर्दशीका दिन हरेक वर्ष जौं, कालो तिल, धान, गहुँ, मकै, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।