काठमाडौं । मानुषी लघुवित्त वित्तीय पहिलो त्रैमासिक अवधिमा ४२ लाख ९१ हजार २८ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५६ लाख १६ हजार एक सय ३३ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब १२ करोड ५४ लाख ५९ हजार दुई सय ८० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४१ करोड ४७ लाख २२ हजार आठ सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ४३ लाख ६९ हजार छ सय ५० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब एक करोड ४५ लाख ४८ हजार दुई सय २० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २९ करोड १६ लाख ६२ हजार दुई सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ५९ लाख ९२ हजार सात सय ८७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।