काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा छ करोड २४ लाख ५२ हजार चार सय चार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड ७१ लख ८३ हजार आठ सय १० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १० करोड ६२ लाख ८६ हजार दुई सय ९६ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा पाँच अर्ब ७३ करोड तीन लाख २५ हजार आठ सय ८४ रुपैैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९९ करोड ६८ लाख ६३ हजार छ सय ७९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २० करोड ७५ लाख ३० हजार आठ सय ७३ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थो पाँच अर्ब ५२ करोड ६० लाख सात हजार दुई सय तीन रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९२ करोड एक लाख २७ हजार एक सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा आठ करोड ७० लाख ६१ हजार छ सय ३८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा छ दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।