काठमाडौं । बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले आइचर ग्राहकहरूका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको आयोजना गरेको छ । कम्पनीका अनुसार यो क्याम्प मंसिर १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । सवारी साधनको कार्यक्षमता बढाउने, उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने उदेश्यले क्याम्प संचालन गर्न लागिएको जनाइएको छ । क्याम्पमा आ कर्षक छुटहरू र सेवाहरू उपलब्ध गराइनेछ । नेपालभरका सबै शाखाहरूमा उपलब्ध मेगा सर्भिस क्याम्पमार्फत ग्राहकहरूले निःशुल्क सर्भिस तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।
निरन्तर र सहज सेवा पाउनका लागि अग्रिम बुकिङ अनिवार्य गरिएको छ । क्याम्प अवधिमा स्पेयर पाट्र्समा १२ प्रतिशत छुट, अन्य लुब्रिकेन्ट्समा १८ प्रतिशत छुट, आइचार लुब्रिकेन्ट्समा २५ प्रतिशत छुट, ठुला मर्मत कार्यहरूको ज्यालामा २० प्रतिशत छुट, निःशुल्क बम्पर–टु–बम्पर चेकअप र ३५–पोइन्ट इन्सपेक्सन तथा प्रत्येक सहभागी सर्बिसिंगमा सहभागी ग्राहकलाई निःशुल्क विण्डचिटर प्रदान गरिनेछ ।