काठमाडौं । बिज एजुकेसनले रियल ड्रिम्स एजुकेसनको सहयोगमा ‘डेस्टिनेसन यूके– सिरिज २’ कार्यक्रम गर्ने भएको छ । मंसिर २५ गते होटल एभरेस्टमा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।
कार्यक्रममा बेलायतमा उच्च शिक्षा पढ्न इच्छुक नेपाली विद्यार्थीहरूलाई वास्तविक अवसर, चुनौती र तयारीका गहन पक्षहरूबारे विश्वसनीय जानकारी प्रदान गरिनेछ । सिरिज २ मा बेलायतका प्रतिष्ठित चार विश्वविद्यालयहरू युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, बैंगोर विश्वविद्यालय, युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्ड (पैस्ले क्याम्पस) तथा यर्क स्ट जोन विश्वविद्यालय (यर्क र लन्डन क्याम्पस)—का शैक्षिक दर्शन, पूर्वाधार, विद्यार्थी अनुभव र भविष्यका सम्भावनाहरू समेटिएको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका प्रतिनिधि तथा बेलायतमा अध्ययन गर्ने योजना बनाइरहेका युवाहरूलाई प्रत्यक्ष अन्तक्र्रिया, सूचनात्मक सत्र र विशेषज्ञहरूसँग भेटघाटको अवसर उपलब्ध गराइने आयोजकले जनाएको छ ।
कार्यक्रममा विश्वविद्यालयले विज्ञान, इन्जिनियरिङ, आर्किटेक्चर तथा व्यवस्थापनजस्ता विषयमा प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाबारे विस्तृत जानकारी प्रस्तुत गरिनेछ । स्कटल्याण्डको पैस्लेमा अवस्थित यो विश्वविद्यालयले इन्जिनियरिङ, व्यवसाय, स्वास्थ्य विज्ञान र कम्प्युटिङजस्ता कार्यक्रममार्फत विद्यार्थीलाई आधुनिक उद्योगका लागि तयार पार्ने उद्देश्य राखिएको छ ।