काठमाडौं । जेनजी मुभमेन्ट नेपालले सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप लगाउँदैप्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।