विराटनगर । सशस्त्र प्रहरीको वीओपीले नेपाल भारत बीचको खुला सिमानाकाको सुुरक्षादेखी सीमानाकाबाट हुने चोरी तथा तस्करी नियन्त्रण गर्नुुपर्ने मुुख्य जिममेवारी पाएको भएतापनि तस्करी नियन्त्रणमा उदासिन भएको छ ।
सशस्त्र प्रहरी उदासिन भएपछि पछिल्लो समय नेपाल प्रहरी तस्करी नियन्त्रणमा निकै आक्रामक हुन थालेको छ । खुलासीमा नाकाबाट संस्थागत रूपमा हुँदै आएको वीओपीसँगको तस्करीको सेटिङ्गलाई नेपाल प्रहरीले विराटनगर विमानस्थलबाट सामान पक्राउ गरी छताछुल्ल बनाइदिएको छ । उक्त घटनापश्चात् सशस्त्र प्रहरीबल बराहाब बाहिनीका बाहिनीपती प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले माथिल्लो निकायमा उजुरी गरेर विओपीको बचाउ गर्न थालेको प्रहरी उच्चस्रोतले जानकारी दिएको छ । सशस्त्रका डीआईजी न्यौपानेले विराटनगर भन्सार कार्यालयबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट हुने काम कारबाही निक्कै कमजोर रहेको भन्दै माथिल्लो निकायमा उजुरी गरेका छन् । सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गर्न नसकेर ब्यापक गुनासो बढेपछी नेपाल प्रहरी आक्रामक भएको खुलेको छ ।
सशस्त्रले भने उल्टै भन्सार र राजश्वले राम्रोसँग काम कारबाही नगरेको भन्दै माथिल्लो निकायमा उजुरी गरेको दावी गर्न थालिएको छ । विराटनगर विमानस्थलदेखी नै सेटिङ्गमा हुँदै आएको तस्करीको सञ्जाल भत्काउन सफल नेपाल प्रहरीले मोङ्गगका विभिन्न नाकबाट हुँदै आएको संस्थागत तस्करी नियन्त्रण र भन्सार छलीका घटनामा आफ्नो पूरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न थालेको छ । यो नेपाल प्रहरीको कामलाई पछिल्लो समय सशस्त्रले असन्तुष्टि जनाएको दावी स्रोतले गरेको छ । सशस्त्रले पूर्वक्षेत्रबाट हुने चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
राजश्व छलेर सामान भित्र्याउने गिरोह पटक–पटक पक्राउ पर्दा समेत उनीहरू माथिको अनुसन्धान फितलो हुने गरेको गुनासो सशस्तका कर्मचारीले गर्न थालेका छन् । अनुसन्धान अत्यन्त फितलो हुदाँ न्यून धरौटीमा छाड्ने गरिएको प्रति असन्तुिष्ट जनाउँदै सशस्त्रले केही कर्मचारीले तस्करसँग मिलेमतोमा काम गर्ने गरेपछी पछिल्लो समय सशस्त्र बदनाम भएको भन्दै आफनो असन्तुष्टि राख्न थालेका छन् । सशस्त्र प्रहरी बल बराहबाहिनी पकलीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले स्वयंले आफ्नो असन्तुष्टी सार्वजनिक गर्ने गरेका छन् । न्यापानेले यस्तै गतिविधि कायम रहे आफूहरू उच्च मनोबलका साथ काम गर्न नसक्ने चेतावनी दिएको पनि सार्वजनिक भएको छ ।