टोक्यो । जापानले एक खर्ब ३५ अर्ब डलरको प्रोत्साहन प्याकेजको चिन्ता कम गर्न मंगलबार सरकारको गलत लागत कटौतीका लागि सरकारी दक्षता विभागको स्थापना गरेको छ ।
एएफपीका अनुसार अमेरिकी प्रविधि उद्यमी इलोन मस्कले वर्तमान डोनाल्ड ट्रम्प प्रशासनको पालामा स्थापना गरेजस्तै यो जापानको आफ्नै संस्करण भएको सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री साने ताकाइचीले गत हप्ता अर्थतन्त्रलाई बढावा दिन ठूलो सरकारी खर्च कटौती गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । देशमा ठूलो ऋणको बोझ बढाउने डरका बाबजुद यो आर्थिक रूपमा जिम्मेवार रहेको उनको भनाइ थियो ।
‘हामी बाँचिरहेको समयलाई ध्यानमा राख्दै वित्तीय स्थिरता सर्वोपरी महत्वपूर्ण छ । जनताले देखिरहेका छन्, हामी यसका लागि निरन्तर काम गरिरहेका छौँ’, जापानी अर्थमन्त्री सत्सुकी कातायामाले एक संक्षिप्त पत्रकार सम्मेलनमा भने । जापानको सरकारी दक्षता विभाग भनेर चिनिने यस पहलको अनावरण गर्दै प्रधानमन्त्री ताकाइचीले आर्थिक अपचलन कम गर्नका लागि उच्च सार्वजनिक चासो देखिएको उल्लेख गरिन् ।
मस्कको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा प्रविधि विशेषज्ञहरूको टोली रहेको यस्तै कार्यक्रमले व्यवस्थित अनियमिततालाई भत्काउन र राष्ट्रको २० लाखभन्दा बढी बलियो निजामती सेवालाई हस्तक्षेप गरी सही मार्गमा डोर्याउन सहयोग पुर्याएको थियो । जापानी टोलीमा करिब ३० जना सरकारी अधिकारी रहने यो कार्यक्रमले सरकारी संस्थामा सुधार गर्ने लक्ष्य रहेको कातायामाले बताए । उनले भने, ‘विशेष कर उपाय र छुटहरूको समीक्षा गर्ने जिम्मेवारी रहेको यस कार्यालयले नीतिगत प्रभाव कम भएका कार्यक्रमहरूको समीक्षा गर्नेछ ।’