काठमाडौं । भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडरसीप कनक्लेभ नेपाल २०२५’ सम्मेलनमा कुमारी बैंक ‘एक्सिलेन्स इन क्रस–ब्रोर्डर विजनेस’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् विजनेस प्रिन्सिपल क्लाइन्ट’ गरी दुई अवार्डबाट सम्मानित गरिएको भएको छ ।
यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । आफ्नो स्थापनाकालदेखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गरी विभिन्न अवार्डहरू प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १७ वटा एटीएम, ५० वटा एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाइ मार्फत सेवा दिँदै आएको छ ।