काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसिप अवार्ड २०२५ प्राप्त गरेको छ ।
नेपालमा हरित सीप विकास तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यमा पु¥याउको योगदानको लागि महासंघले सो अवार्ड प्राप्त गरेको हो । यो अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित गोइङ ग्लोबल २०२५ सम्मेलनका क्रममा गरिएको थियो । सोही अवसरमा नेपाली साझेदारहरूको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए । नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब)को औपचारिक शुभारम्भ कार्यक्रम अवसरमा सचिव शर्माले महासंघका महानिर्देशक गोकर्णराज अवस्थीलाई सो अवार्ड हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सचिव पौडेलले यो अवार्डले बेलायत र नेपालका संस्थाबीचको उत्कृष्ट साझेदारीलाई सम्मान गरेको धारणा राख्दै आउने दिनमा हरित सीपको क्षेत्रमा थप प्रगति हुने अपेक्षा गरे । गोइङ ग्लोबल पार्टनरसीप अवार्डअन्तर्गत ब्रिटिस काउन्सिलको गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रमको पाँचौँवार्षिकोत्सवका अवसरमा गोइङ ग्लोबल पार्टनरसीप अवार्डबाट संस्थाको सहयोगमा सञ्चालित प्रभावकारी, विशिष्ट र प्रेरणादायी परियोजनालाई सम्मान गरिएको थियो ।