काठमाडौं । इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । कम्पनीले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको हो ।
कम्पनीका अनुसार टाटा एक्सप्रेस–टि इभी क्याब ड्राइभर श्रेणी हरि पाण्डे र टीभीएस रेडर बाइक मोटो राइडर श्रेणीका आकाश तामाङले जितेका थिए । दुवै विजेताहरूलाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनम स्थिति कायम राख्ने र भव्य पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता मापदण्डहरू पूरा गर्ने चालकहरूको समूहबाट छनोट गरिएको थियो । यो घोषणा नोभेम्बर ७ मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानलमार्फत लक्की ड्रबाट प्रत्यक्ष प्रसारणमा गरिएको थियो । क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गरेको छ ।
कम्पनीका अनुसार १५ जनाले वनप्लस नर्ड सिई४ लाइट फाइभजी स्मार्टफोन जितेका थिए भने ३० जनाले अल्टिमा एटम १९२ इयरबड र ३ जनाले अल्टिमा नोभा प्रोस्मार्टवाच जितेका थिए । कम्पनीका अनुसार यो अभियान साप्ताहिक च्यालेन्ज, रोमाञ्चक पुरस्कारहरू र दुई मेगा ग्रान्ड पुरस्कारहरूमार्फत इनड्राइभका सबैभन्दा प्रतिबद्ध ड्राइभर पार्टनर्सलाई पहिचान गर्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।