काठमाडौं । नेपालको विश्वासिलो लघुजीवन बीमा कम्पनी क्रेस्ट माइक्रो लाइफको अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसी र बजार प्रमुख दिनेश खड्काको उपस्थितिमा अभिकर्ता अभिमुखिकरण तथा सम्मान फेमस तास हाउस रेस्टुरेन्ट, हेटौंडामा सम्पन्न भएको हो ।
क्षेत्रीय प्रमुख अजय फूयालले सञ्चालन गरेको कार्यक्रममा हेटांैडा र आसपासका क्षेत्रबाट उल्लेखिय संख्यामा अभिकर्ताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा अभिकर्ताहरूले व्यक्तिगत संवाद र अनुभव साझा गर्दै यस कार्यक्रमले थप ऊर्जा र उत्साह थप्ने धारणा राख्नुको साथै सम्मानित अभिकर्ताहरूले कम्पनीको भावी योजना र लक्ष्यमा योगदान दिने प्रतिबद्धता जनाएका थिए ।
लघुबीमाको बजारीकरणमा अभिकर्ताको भूमिकाको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले धारण व्यक्त गरेका थिए । बजार प्रमुख दिनेश खड्काले लघुबीमाको सम्भाव्य बजार र अभिकर्ताले बनाउनुपर्ने योजनाबारे जानकारी दिएका थिए ।