काठमाडौं । क्रम्प्टन ब्रान्डले नेपाली बजारका लागि नयाँ स्टोरेज वाटर गिजर मोडेलहरू सार्वजनिक गरेको छ । नेपालमा क्रम्प्टन उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नयाँ मोडेलहरूको बिक्री तथा वितरण सुरु भएको जानकारी दिएको छ ।
क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर हिटिङ पर्फमेन्स र सुरक्षित हिटिङ सिस्टमका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय छन्। यस वर्ष बजारमा आएको ‘अकेन्जा प्लस’ र ‘सोलारियम केयर’ शृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो हिटिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हिटिङ टेक्नोलोजीमा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ ।