काठमाडौ । उत्सबको अबसर पारेर धना फाउन्डेसनले बार्षिक निशुल्क दन्त शिबिरको आयोजना गरेको छ। फाउन्डेशनको अध्यक्ष धना आचार्यले मानिसको दातमा चिसो मौसमको आगमनसङ्गै समस्या पनि देखिने भएकोले यो शिबिर आयोजना गरेको बताएका छन्।
काठमाडौ महानगरपालिका वडा नम्बर१४ को कलंकि चोकमा शनिवार आयोजना गरिएको उक्त दन्त शिबिरबाट करिव दुई सयभन्दा धेरै व्यक्तिहरुले लाभ लिएको बताईएको छ।
उनिहरुले निशुल्क चिकित्सा सेवासंगै निस्शुल्क दाँत माझ्ने ब्रस, मन्जन र औषधिहरु उपलब्ध गराएका थिए । समाज डेण्टल अस्पताल सितापाइलाका दन्त चिकित्सकहरुले दन्त शिबिर सफल बनाउनको लागि सेवा दिएका थिए। फाउन्डेसनले केही वर्षदेखि स्वार्थरहित ढंगले बिभिन्न स्थानहरुमा विभिन्न किसिमका समाज सेवाका क्रियाकलापहरु गर्दै आएको छ।
