काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड १३ लाख ३६ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ६२ करोड ९० लाख ५१ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ६२ करोड ३७ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७८ करोड ४० लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ४८ लाख ४७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा ११ दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।