काठमाडौं । नेपाल निर्माण व्यवसायी एफक्यान रोड रेस—२०८२ आयोजना गरेको छ । महासंघले शनिबार महासंघले १८औँ राष्ट्रिय निर्माण दिवसको पूर्वसन्ध्यामा रोड रेस आयोजना गरेको हो ।
रोड रेसको पुरुष खुला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय पहिलोे भएका छन् । आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन् । पहिलो, दोस्रो तथा ते्स्रो हुनेले क्रमश : २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । महिला खुला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भइन् । पहिलो, दोस्रो तथा ते्स्रो हुनेले क्रमश ः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । कर्पोरेटतर्फ पुरुष पाँच किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । कर्पोरेटतर्फ महिला पाँच किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यस विधातर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः १० हजार, छ हजार र चार हजार रुपैयाँ जितेका छन् ।
भेट्रान्सतर्फ पुरुष पाँच किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्स तर्फ महिला पाँच किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भइन् । यस विधातर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः १० हजार, छ हजार र चार हजार रुपैयाँ जितेका छन् । विद्यार्थी (छात्र) तर्फ पाँच किलोमिटरमा हस्तबहादुर सुनार, अजय विके र रञ्जित राउत क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । छात्रातर्फ पाँच किलोमिटरमा भगवती खड्का, शर्मिल विके र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यसविधा तर्फका विजेता छात्र र छात्राले पनि क्रमशः १० हजार, छ हजार र चार हजार रुपैयाँ जितेका छन् ।
१० किलोमिटरअन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुन ः महासंघ सचिवालय फर्केर टुङ्गिएको थियो । पाँच किलोमिटरअन्तर्गत महासंघ सचिवालबाट सुरु भएको प्रतिपस्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तिनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भएको थियो । रोड रोसको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले उद्घाटन गरेका थिए । विजयी खेलाडीहरूलाई सचिव शर्मासहित, महासंघका अध्यक्ष रवि सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहित महासंघका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताका संयोजक समेत रहेका महासंघका नीतिगत उपमहासचिव शिवहरि घिमिरेका अनुसार एफक्यान रोड रोस—२०८२ मा जापान, चीन र इटलीका खेलाडीहरूको समेत गरी कुल ४ सय ७१ जनाको सहभागिता रहेको थियो । हिमालय रनिङ क्लब टेक्निकल पार्टनर रहेको एफक्यान रोड रोस—२०८२ मा एभरेष्ट अस्पताल हस्पिटल पाटर्नर र हिमालय एभरेष्ट इन्स्युरेन्स कम्पनी इन्युरेन्स पार्टनर रहेको थियो । नेपाल निर्माण व्यवसायी महासंघले १८औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा मंसिर २२ गते विहान प्रभातफेरि तथा महासंघसचिवालयमा रक्तदान कार्यक्रमसहित अन्य विविध सामाजिक कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ ।