काठमाडौं, भदौ १८
कोरोना संक्रमणका कारण होम आइसोलेसनमा बसेकाहरुलाई सहयोग गर्ने अभियान सञ्चालन गरेको क्लोथ बैंक जनकपुरलाई जानकी फाइनान्सले १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । १८ हजार रुपैयाँ प्रतिसेट पर्ने गरी कुल एक लाख ८० हजारको समान सहयोग गरिएको फाइनान्सका अध्यक्ष अमरनाथ गुप्ताले बताए ।
गुप्तासहित फाइनान्सका निर्देशक रघुनाथ साह र सीईओ रजनिश कुमार सिंहले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी, क्लोथ बैंकका अध्यक्ष राजिव झा तथा अक्सिजन व्यवस्थापन समितिका संयोजक मनोज चौधरीलाई सो समानहरु हस्तान्तरण गरिएको हो ।
अभियानका प्रवक्ता तथा बैंकका उपाध्यक्ष पत्रकार पुरन रौनियारका अनुसार अहिलेसम्म कुल ८४ जना संक्रमित अभियानको अन्डर केयरमा रहेर उपचार लिइरहेकोमा २० जना निको भएको छ । बाँकी ६४ मध्ये चार जनालाई अक्सिजनको सहयोगमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।