काठमाडौं । ँनेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी स्थित होटल लुम्बिनी हेरिटेजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबााट योग्य भएका तीन सय ४० जना अभिकर्ताहरु र विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओे क्लबको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै सो प्रदेशबाट आफ्नो कोडमा र सन्जलमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी सो अवसरमा नेसनल रत्न तथा नेसनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेसनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम गरिँदै आएको र हालसम्म गण्डकी प्रदेश कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका अभिकर्ताहरुको सम्मान कार्यक्रम सम्पन्न भइसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । उनले बाँकी प्रदेशहरुमा पनि सीईओ क्लब सम्मान कार्यक्रमको तयारी भइसकेकोले सो प्रदेशहरुमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने जानकारी गराए । साथै, उनले कम्पनीले ल्याएको सीईओ क्लब कार्यक्रममा नेपाल भरबाट १६ सय जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाहरुबाट अभिकर्ताहरुलाई व्यवसायिक बनाउन मद्धत पुग्ने बताए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गर्नुभएको थियो । तालिमको क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेशा केवल व्यवसायसँग जोडिएको नभै सेवा भावसँग जोडिएको एक पवित्र पेशा भएको र यस पेशामा जोडिनु हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेशामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मुख्य आधार नै काम प्रतिको इमान्दारिता र निरन्तरता रहेको बताए ।
समारोहमा सहभागी अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप ऊर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महसुस भएको बताए ।