काठमाडौं । नेपाल एसबीआई बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस १८ गते आर्मी अफिर्सस क्लव भद्रकालीमा आफ्नो ३२औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशतका दरले हुन आउने ५४ करोड ४९ लाख ५७ हजार नौ सय तीन रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।