काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से परिसुचक १२ दशमलव ५० अंकले ओरालो लागेर २५ सय ९४ दशमलव ८७ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७९ अंकले ओरालो लागेर चार सय ४५ दशमलव ५० बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको ६० हजार छ सय ९९ पटकको कारोबारमा एक करोड १२ लाख ७२ हजार एक सय ६८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७४ लाख ५५ हजार ७७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा बाँणिज्य बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् ।