काठमाडौं । काठमाडौ—१०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४)ले सेयर बजारमा आबद्ध लगानीकर्ताहरूको लागि २०८२ पौष ५ गते निःशुल्क प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका श्रोत व्यक्ति सेयर बजार विश्लेषक अजित खनालले सहभागीहरूलाई सेयर बजारको प्राविधिक विषयहरूको बारेमा प्रकाश पारे । काठमाडौँको बुद्धनगरमा रहेको क्वालिटि ब्याकेटमा सञ्चालन भएको उक्त तालिममा उल्लेख लगानिकर्ताहरूको सहभागिता रहेको थियो ।
कम्पनीले समय–समयमा देशको विभिन्न स्थानहरूमा र अनलाइनबाट संसारभर रहेका लगानिकर्ताहरूलाई लक्षित गरी वित्तीय साक्षरता तथा सेयर शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र निकट भविष्यमा समेत गर्ने लक्ष्य लिएको प्रबन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।