काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पँुजीको २१ दशमलव शून्य पाँच प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।